झापा, असोज १ । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटना परी दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व–पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका– १२ स्थित कालीझोडा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई नगरपालिका– ६ दुर्गापुर निवासी ४३ वर्षीय दिलकुमार कार्की र पछाडि सवार मेचीनगर– १३ निवासी ३० वर्षीय युवराज लिम्बु घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ट्याक्टर र ट्याक्टर चालक मेचीनगर– २ निवासी २६ वर्षीय सुवास नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै बिहीबार राति १० बजे मेची राजमार्गअन्तरगत बुद्धशान्ति गाउँपालिका– ३ स्थित सात नम्बर चौकमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००१ ज ३५५५ नम्बरको पिकअप गाडी एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका– १३ निवासी ३२ वर्षीय परशुराम लिम्बुलाई बिएण्डसी अस्पताल बिर्तामोड पु¥याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्कुटरको पछाडि सवार मेचीनगर– १३ निवासी ३० वर्षीया मनीषा लिम्बु घाइते भएकी छिन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पिकअप र चालक इलाम जिल्ला सूर्योदय नगरपालिका– १० निवासी २७ वर्षीय विवेक प्रधानलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्