झापा , असोज २ । आठौं राष्ट्रिय परिवार नियोजन दिवस झापामा पनि कार्यक्रम गरी मनाइएको छ ।

‘कोभिड १९ महामारी ःपरिवार योजना सेवामा सबैमा पहुँच बराबरी’ भन्ने मुल नारा लिई मानव अधिकार र वातावरण विकास केन्द्रको झापा शाखा , सुरुवाती कोठा नेपाल , झापा र आदर्श स्कुलको सहयोगमा युवायुवतीको सहभागिता दिवस मनाइएको हो । युवा उमेरमा आउने परिवर्तन ,आकस्मिक परिवार नियोजनका साधनबारे नेपाल परिवार नियोजन संघकी कर्मचारी प्रमिला गौतमले सहजीकरण गरेकी थिइन् । आयोजक संस्थाका झापा प्रमुख सुदर्शन दाहाल सभापति रहेको कार्यक्रममा आदर्श कलेजका रविन पाठकले सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रमलाई अभियन्ता दीपक दासले संचालन गरेका थिए । बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टको सभाहलमा सम्पन्न कार्यक्रममा ३० जना युवायुवतीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्