काँकडभिट्टा , असोज ३ । मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नं ६ भट्टराई चोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षिया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अबस्थामा फेला परेको हो । आइतबार बिहान १ बजे मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले खोजी गर्ने क्रममा बिहान ८.४० बजे बगाएको स्थानबाट अन्दाजी डेढ किलोमिटर दक्षिणपट्टी भारत दार्जिलिङ अनन्तराम जोतस्थित मेची खोलाको किनार महिला मृत अवस्थामा फेला परेको र कानुनी प्रकृयाको लागि भारतीय प्रहरीसंग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्