बिर्तामोड , असोज ४ । नेपाल राष्ट्रिय बंगाली समाज बिर्तामोड नगर समिति गठन भएको छ ।

नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको विधानअनुसार बिर्तामोडमा सोमबार आयोजित एक भेलाले गणेश घोषको अध्यक्षतामा बिर्तामोड नगर समिति गठन गरेको हो ।
भेलाले सर्वसम्मत रुपमा समितिको सचिवमा सुकुमार घोष र कोषाध्यक्षमा चित्र बर्मनलाई चयन गरेको छ । समितिको सदस्यहरूमा अजय कुमार दास, नगेन साहा, जयन्ती कर्मकार र गौतम साहा चयन भएका छन् । समितिको उपाध्यक्ष र सहसचिवलगायत अन्य सदस्यहरु नगर समितिको बैठकले क्रमशः चयन गर्दै जाने बताइएको छ । नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय सदस्य अनुप रायको अध्यक्षतामा भएको भेलामा भोला चक्रवर्ती, गणेश घोष, सुकुमार घोषलगायतले आआफ्ना धारणा राखेका थिए ।
केन्द्रीय समितिले देशभर छरिएर रहेका बंगाली समुदायको हक अधिकार सुनिश्चित गर्न बंगाली आयोग गठनका लागि राष्ट्रव्यापी अभियान थालेको छ । सोही अभियान अनुसार जिल्लाको भद्रपुरपछि बिर्तामोडमा नगर समिति गठन गरिएको हो । अब जिल्लाका अन्य स्थानीय तहहरूमा समिति गठन गर्नुका जिल्ला समिति गठन गर्ने अभियानलाई तीव्रता दिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्