बिर्तामोड, असोज ४ । आफैले पालेको गोरुले हानेर झापा बाह्रदशी ७ चप्रामारीकी एक बृद्धाको ज्यान गएको छ ।
६० बर्षिया बृद्धा देवका प्रसाई चिमरियालाई आइतवार दिउँसो ३ बजे आफूले पालेको गोरुलाई पानी दिन जाँदा हानेर घाइते बनाएको थियो । उपचारका लागि लैजानेक्रममा बाटैमा चिमरियाको निधन भएको प्रहरीले जनाएको छ । चिमरियाले उक्त गोरु विगत ४ बर्षदेखि पालिरहेको मृतकका भान्जा चुडामणि तिम्सिनाले बताए ।