बिर्तामोड , असोज ६ । एक असहाय बिरामीलाई उद्धार गरी इलाका प्रहरी कार्यालय बिर्तामोडले उपचारको लागि अस्पताल पुर्याएको छ ।

विगत केही महिनादेखि बिर्तामोड नगरपालिका वडा न.५ शनिश्चरे रोडको पेटीमा बस्दै आएका ४५ वर्षिय जगत खवास बिरामी परेपछि ईलाका प्रहरी कार्यालय बिर्तामोडले उद्धार गरी उपचारको लागि मेची अस्पताल लगेको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । उनले आफूहरुले धेरै असहायहरुलाई उद्धार गरेको जानकारी दिए । केही महिनादेखि खवास सो ठाउँमा बेसहारा भई आश्रय लिईरहेको स्थानीय पसल संचालकहरुले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्