दमक, असोज ६ । माओवादीद्वारा हत्या गरिएका झापा बालुबाडी गाविसका तत्कालीन अध्यक्ष चन्द्रमणी भट्टराईको बुधबार कचनकवल ७ बालुबाडीमा स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

१८ बर्षअघि २०६० सालमा आजकै दिन तत्कालीन गाविस अध्यक्ष तथा नेपाली कांग्रेसका महासमिति सदस्य चन्द्रमणी भट्टराईको माओवादीले घरमै गोली हानी हत्या गरेका थिए । उनको स्मृतिमा स्थापित चन्द्रमणी भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति राम कट्टेल, क्षेत्रीय सभापति गणेश पोखरेल, पार्टीका नेता भारतेन्दुकुमार मल्लिकलगायतले बोलेका थिए । प्रतिष्ठानकी अध्यक्ष स्वर्गीय चन्द्रमणीकी धर्मपत्नी सितादेवी भट्टराईको अध्यक्षतामा चन्द्रमणीका सहकर्मी साथै पार्टीका तत्कालीन गाउँ सभापति मित्रप्रसाद भट्टराईले स्वागत गरेकोे कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले चन्द्रमणीले जनताको पक्षमा काम गरेकै कारण तत्कालीन बिद्रोहीले हत्या गरेको बताए । चन्द्रमणी दृढ निश्चयी र आफ्नो अडानमा रहन सक्ने नेता भएको सिटौलाले स्मरण गरे । कार्यक्रमा पार्टीका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्