बुद्धशान्ति , असोज ७ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत बुद्धशान्ति गाउँ समितिको सचिव पदमा सर्वसम्मत भएको छ ।

यसअघि सचिव पदका उम्मेद्वार मदन मगर, कृष्ण खतिवडा र गोकुल पौडेल रहेका थिए । पार्टीका अग्रज नेता÷कार्यकर्तासंगको छलफलबाट आफूले उम्मेद्वारी फिर्ता लिँदा सर्वसम्मत हुने बुझेपछि उम्मेद्वारी फिर्ता लिएको पौडेलले बिहीबार एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
उम्मेद्वारी फिर्ता लिए पनि आगामी दिनमा नेपाली काँग्रेसको विकास, विस्तार र प्रवद्र्धनमा आफू सक्रियताका साथ लागिपर्नेमा उनले प्रतिबद्धता व्यक्त गरेका छन् । पौडेलले फिर्ता लिएसँगै मदन मगर र कृष्ण खतिवडा सचिवमा सर्वसम्मत भएका छन्

सचिव पदमा सर्वसम्मत भएसंगै नेपाली काँग्रेस बुद्धशान्तिको सभापतिमा पनि चक्र शेर्माको एक्लो उम्मेद्वारी परेका कारण उनी पनि सर्वसम्मत हुने बुझिएको छ भने उपसभापति पदमा मदन प्रसाई, मनेष दाहाल र चेतन ढुंगेलको उम्मेद्वारी रहने छ । त्यस्तै सहसचिव पदमा भने दिपक सापकोटा, सुजित बराल र पुण्य भट्टराईको उम्मेद्वारी रहेको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्