हल्दिवारी ,असोज ७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा झापा क्षेत्र नम्बर ३ बाट खुल्ला महाधिवेशन प्रतिनिधिमा कृष्ण प्रसाईले उम्मेद्वारी दिने घोषणा गरेका छ्न ।
नेपाली काँग्रेसका नेता, पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्ने प्रसाई हल्दिवारी २ का स्थायी बासिन्दा हुन् । मेची बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघमा आबद्ध हँुदै राजनीतिमा प्रवेश गरेका प्रसाईले १२ आंै महाधिवेशनबाट वडा कार्य समितिमा काम गरी पार्टीको राजनीतिमा प्रवेश गरेका थिए । १३ आंै महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि रहि पार्टीका बिभिन्न जिम्मेवारी निर्बाह गरेका प्रसाई पेशाले व्यवसायी हुन् । समाजसेवामा समेत सक्रिय रहेका प्रसाई हल्दिवारी उद्योग बाणिज्य संघको संस्थापक सदस्य रहेका छ्न । गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ का अध्यक्षका प्रत्यासी रहेका प्रसाई सरल व्यक्तित्वको रूपमा चिनिन्छन् । उनले आफू महाधिवेशन प्रतिनिधिको लागि योग्य रहेकोले उम्मेद्वारी दिएको बताएका छन् ।