दमक,असोज ८ । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः संकल्प लिङ्देन ( पदम ) निर्वाचित भएका छन् ।

बिहिबार सम्पन्न चौथो अधिवेशनबाट आगामी तीनबर्षे कार्यकालका लागि लिङ्देन पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
बिजयी बनेका लिङ्देनले ६१८ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वीे महेन्द्रकुमार चाम्लिङले २८३ मत प्राप्त गरेका थिए । यसैगरी सचिवमा ६०८ मत ल्याएर देशराज नेम्बाङ विजयी भए भने उनका प्रतिद्वन्द्वीे जितबहादुर सुब्बाले २९३ मत प्राप्त गरेका थिए । अध्यक्ष र सचिवमा दुई प्यानल बनाई चुनावी मैदानमा सहभागी भएका थिए । संस्थाका सञ्चालक समितिको अध्यक्ष र सचिवबाहेकका अन्य पदहरु भने यसअघि निर्विरोध भएको निर्वाचन समितिका संयोजक चुडामणी ओझाले जानकारी दिए ।


यसरी निर्वाचित हुनेमा सञ्चालक समितिका उपाध्यक्षद्वयमा फूलकुमारी आङदेम्बे, दिलिप जवेगु,कोषाध्यक्षमा संगीता सेरेङ (इक्सा ) तथा सदस्यहरुमा गुमानसिंह सम्बाहाम्फे,कमला सुब्बा,मनकुमारी पन्दाक बेघा र खड्ग राई रहेका छन् ।
यस्तै, लिलाराज तुम्बापोको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि निर्विरोध निर्वाचित भएको छ । निर्वाचित हुनेमा लेखा सदस्यद्वयमा बीरवहादुर लावती र शक्तिबहादुर साम्बा रहेका छन् ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न सहकारीकर्मी ओझाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्