मेचीनगर, असोज ९ । मेचीनगर युवा कप २०७८ को उपाधि ह्याप्पी क्लबले जितेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा शुक्रबार सम्पन्न दोस्रो संस्करणको प्रतियोगिताको फाइनल खेलमा भानु टोल फुटबल क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै ह्याप्पीले उपाधि जितेको हो ।
उपाधिसँगै ह्याप्पी क्लबले नगद ३० हजार, ट्रफी तथा मेडल प्राप्त गरेको छ । उपविजेतामा सीमित भानुले नगद २० हजार, ट्रफी तथा मेडल प्राप्त गरेको छ । प्रतिस्पर्धात्मक खेलमा ह्याप्पी क्लबले खेलको छैटौं मिनेटमा आशिष चापागाईंको गोलमार्फत खाता खोलेको थियो । दोस्रो हाफको छैटौं मिनेटमा विजेता ह्याप्पी क्लबका कर्ण लिम्बूले टिमका लागि दोस्रो गोल गरे ।
दोस्रो हाफकै १७ औं मिनेटमा ह्याप्पी क्लबका विवेक पौडेलले तेस्रो गोल गरेका थिए ।
फाइनल खेलको म्यान अफ द म्याच आशिष चापागाईं घोषित भए । त्यस्तै प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी भानु क्लबका सौरभ लिम्बू बने ।
उदयीमान खेलाडीको पुरस्कार भानुका किसन सरदारले जित्दा प्रतियोगिताको उत्कृष्ट गोलरक्षक ह्याप्पी क्लबका देवान भुजेल बने । त्यस्तै वेष्ट मिडफिल्डर ह्याप्पीका विवेक पौडेल घोषित हुँदा भानुका दिवस उराव वेष्ट डिफेन्स घोषित भए । त्यसैगरी वेष्ट फरवार्ड ह्याप्पीका कर्ण लिम्बू र सोही टीमका मुना सुब्बा उत्कृष्ट कोच घोषित भए । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर नगर कमिटीले आयोजना गरेको फुटबल प्रतियोगितामा नगरका २० टिम सहभागी थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्