सुनसरी,असोज ९ । सुनसरी ईटहरी उपमहानगरपालिका –३ सुनौलो टोलका ६२ बर्षीय देवीप्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरी हत्या गरेका छन् ।
हिजो बेलुका साढे ४ बजे सामान्य घरायसी विवाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरी गम्भीर घाईते बनाएका थिए । थापालाई उपचारको लागि घोपा धरानमा पु¥याउनासाथ मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई हत्या गर्ने अधिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको छ । घटनाबारे ईलाका प्रहरी कार्यालय ईटहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।