बिर्तामोड, असोज ९ । नेपाली कांग्रेसका नेता सिके प्रसाईका छोरा विवेक प्रसाईले बिर्तामोड नगर अधिवेशनमा उम्मेद्वारी दिएका दुवै प्यानलका उम्मेद्वारहरुलाई लड्डु खुवाएर अग्रिम शुभकामना दिएका छन् ।

काँग्रेसको १४ औँ महाधिवेशनअन्तरगत बिर्तामोड नगर समितिको लागि महेन्द्र रत्न मावि अनारमनीमा उम्मेद्वारी दर्ता भएको छ । मनोनयन दर्ता गर्न आएका दुवै प्यानलका उम्मेद्वारलाई प्रसाईले लड्डु खुवाएर अग्रिम शुभकामना दिएका हुन् । वर्तमान नगर सभापति तथा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला एउटा प्यानलबाट उठिरहँदा अर्को प्यानलबाट बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला उठेका छन् । बिहान ११ बजेबाट शुरु भएको मनोनयन दर्ताको समय दिउँसो १ बजे सकिएको छ । निर्वाचन आयोगका अनुसार उम्मेद्वारहरुमाथिको दावी बिरोध दिनको १ बजेबाट १ः३० बजेसम्म, उम्मेद्वारको नामावली प्रकाशन दिउँसो २ बजे, उम्मद्वारी फिर्ता लिने दिउँसो २ देखि ४ बजेसम्म, अन्तिम नामावली प्रकाशन बेलुकी ५ बजे गर्ने निर्वाचन कार्यक्रम रहेको छ । भोली आईतवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने र मतदान सकिएपछि मतगणना गर्ने जनाइएको छ । बिर्तामोडको नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी २८० जनाले मतदान गर्दैछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्