देविका अधिकारी,
हल्दिबारी । चौकीविरान सामुदायिक वन उपभोक्ता समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समूहका अध्यक्ष विशुलाल मेचेको सभापतित्वमा भएको कार्यक्रममा कोभिडका कारण प्रतिनिधिमूलक रुपमा उपभोक्ता छनोट गरेर सहभागी गराइएको थियो । कार्यक्रममा उपभोक्ता समूहको २० लाख ३४ हजार ४६९ रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियो भने आर्थिक वर्ष ०७८÷०७९ को लागि ६९ लाख २० हजार २६० रुपैयाँ आम्दानी गर्ने लक्ष्यसहितको वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशिष्ट अतिथिहरुमा जिल्ला महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारी, हल्दिवारी गाउँपालिका वडा नं ४ का कार्यवाहक अध्यक्ष केदार उप्रेती, फरेस्ट एक्सन नेपालका कार्यक्रम व्यवस्थापक डा. लिलानाथ शर्मालगायत रहेका थिए । त्यस्तै अतिथिहरुमा स्थानीय महासंघका अध्यक्ष हेमराज काफ्ले, शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष यमुना बजगाई, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर खडका , लक्ष्मी माविका शिक्षक एकदेव खनाल, रेडक्रस हल्दिवारीका सदस्य जंगबहादुर खत्रीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस समूहले मिचाहा प्रजाति फैलिएको करिब १५ हेक्टर क्षेत्रमा प्राकृतिक पुनरुत्पादन भएका धेरै बिरुवा गोडमेल साथै झाडी सफाई गर्दै २ हजार बिरुवा बृक्षरोपण गरेको छ ।त्यसैगरी हात्ती आहारको लागि बाँस तथा केरा रोपण गरेको छ । त्यसैगरी समूहले वन संरक्षण सम्वद्र्धनका साथै उपभोतmालक्षित विभिन्न कार्यहरु गर्दै आएको छ । जसमध्ये केही महत्वपूर्ण कार्यक्रमहरु रहेका छन् । आफ्ना उपभोक्ता कोही सुत्केरी भए १ के.जी घिउ र १ हजार रुपैयाँ प्रदान गर्ने गरेको छ । यो वर्ष १३ जना सुत्केरीले यो सुविधा लिएका छन् । त्यस्तै समूहका ११ जना उपभोक्ताको घरमा समवेदनासहित आर्थिक सहयोग लिएर गएको छ भने एक घर विपन्न महिलालाई टयुवेल निर्माण गरिदिएको छ ।

शनिबारको साधारणसभामार्फत समूहले उपभोक्ताभित्रका अतिविपन्न २ घरलाई २ कोठे पक्की घर निर्माण गर्ने कार्यक्रम अनुमोदन गराएको छ । त्यसैगरी यसैवर्ष करिव ३ लाख बिरुवा नर्सरी उत्पादन गर्ने लक्ष्य लिएको छ । समूहले प्रेस क्लव हल्दिवारीलाई १२ वटा कुर्सी सहयोग गर्ने जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लिङ्देनले समूहले उत्कृष्ट कार्य गरिरहेको र आउने दिनमा रुखबाट मात्रै नभई आम्दानीको अन्य स्रोत पनि खोज्नुपर्ने भन्दै पर्यटन विकासलाई अघि बढाउन सुझाव दिए । हल्दिवारी ४ का कार्यवाहक अध्यक्ष उप्रेतीले आपूर्तिको नाममा राम्रो काठ बाहिर दिने प्रणाली गलत रहेको धारणा राखे । महासंघ अध्यक्ष भण्डारीले वनको संरक्षणमा महासंघले गर्नुपर्ने सहयोग गर्न तयार रहेको धारणा राखेका थिए भने फरेस्ट एक्सन नेपालका डा. शर्माले चौकीविरान जैविक विविधताले भरिएको वन भएको र अध्ययन अनुसार यहाँ नेपालका लागि ५ वटा नयाँ प्रजातिका बिरुवा भेटिएको पनि जानकारी गराए । यस वनमा मात्रै करिब १०० प्रजातिका रुखहरु भएको भन्दै उनले यसको संरक्षण र सम्बद्र्वनमा जोड दिए ।
कार्यक्रममा समूहका उपाध्यक्ष अर्पन राईले स्वागत मन्तव्य राखेका थिए । वन्डा मेचेले कोषाध्यक्षको प्रतिवेदन , सचिव सीता ढुङ्गेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको संचालन सहसचिव सन्तलाल मेचेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्