झापा,असोज १० । दुईवटा प्यानल चुनावी प्रतिष्पर्धामा उत्रिएको नेपाली कांग्रेसको बिर्तामोड नगर अधिवेशनमा मतदान शुरु भएको छ ।

आज बिहान १० बजेदेखि मतदान शुरु भएको हो । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए । ३४ पदका लागि मतदान शुरु भएको हो । मतदानस्थलमा सुरक्षा व्यवस्था पारिएको मतदान अधिकारी नारायण पौडेलले जनाएका छन् ।

बिर्तामोड नगर अधिवेशनमा दुईवटा प्यानलले उम्मेद्वारी दिएका छन् । कुलप्रसाद संग्रौला र भोजराज सिटौला नेतृत्वको दुईवटा प्यानलले उम्मेद्वारी दिएका हुन् । नगर सभापतिमा संग्रौला र सिटौला , उपसभापतिमा पशुपति राजवंशी , बलराम कार्की , राजकुमार राजवंशी र सूर्यप्रसाद कन्दङ्वा , सचिवमा अच्युत दाहाल , उत्तम खनाल , दिवाकर प्रसाई र दिपेन्द्र राउत तथा सहसचिवमा अमोदप्रसाद दाहाल , दिनेश पराजुली , धर्मेन्द्र सिटौला र रमेश चौधरीले उम्मेद्वारी दिएका छन् ।

निर्विरोध हुनेमा अधिकांश सदस्यहरु रहेका छन् । वडा नं. १ बाट कृष्णबहादुर थापा , प्रकाश भट्टराई र माया प्रधान श्रेष्ठ , वडा नं. २ बाट पवन न्यौपाने , बेनुमाया अधिकारी र हेमराज संग्रौला , वडा नं ४ बाट समिता बर्मन , वडा नं. ५ बाट दुर्गाप्रसाद पराजुली , पार्वता बिमली खरेल र बालानन्द खतिवडा , वडा नं .६ बाट अर्चना बुढाथोकी , एन्विन्द्र खत्री र पर्शुराम खनाल ,वडा नं. ७ बाट मेजेबुल मिया , भूमिका दाहाल र नविनचन्द्र मगर , वडा नं ८ बाट भुवन रिजाल , टीकाराम कार्की र गंगादेवी ढुंगेल , वडा नं ९ बाट विष्णुप्रसाद पौडेल , राजेन्द्र सिटौला र मुना चुडाल , क्षेत्रीय प्रतिनिधिमा देवीप्रसाद राजवंशी , थारु खुल्लामा भगवान नारायण चौधरी , मुस्लिमतर्फ अब्रार अस्जल अन्सारी र मधेसी महिलातर्फ हेमलता चौधरी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।बिर्तामोड नगर अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि गरी २८० जना मतदाता रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्