राजगढ , असोज १० । नेपाली काँग्रेसको बाह्रदशी गाउँपालिका सभापतिमा इन्द्र बस्नेत निर्वाचित भएका छन् ।

गाउँ सभापति पदका प्रत्यासी टंकप्रसाद शाहलाई ४३ मतले पराजित गरी बस्नेत विजयी भएका हुन् । बस्नेतले १०१ मत ल्याउँदा शाहले मात्र ५८ मत पाएका छन् । त्यस्तै उपसभापतिमा पंचानन राजवंशी ९८ र सुशिला निरौला ९३ मतसहित विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी महताव आलमले ५३ र मोहनप्रसाद कार्कीले ६१ मत प्राप्त गरेका छन् । त्यस्तै सचिवमा दिनेश थापा ९२ र टंकबहादुर कार्कीले ७५ मत ल्याइ विजयी भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी कमल चम्लागाईले ७१ र बुधु राजवंशीले ६३ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा लख्खीराम किस्कुले १०९ र किसनलाल शाहले ७४ मत ल्याएर विजय हासिल गरेका छन् । सोही पदका उम्मेद्वार गौरीशंकर पोद्धारले ५८ मत ल्याएका छन् । बाह्रदशीमा इन्द्र बस्नेत कृष्णप्रसाद सिटौलाको समूहबाट उठेका थिए भने टंकप्रसाद शाह भगिरथ पोद्धारको समूहबाट उठेका थिए । ४२ सदस्यीय गाउँ कार्य समितिका सदस्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्