बिर्तामोड , असोज १० । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले संगठन विस्तार गर्नेक्रममा बिर्तामोड नगर कमिटी निर्माण गरेको छ ।

आइतबार बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको भेलाले श्रीप्रसाद सिटौलाको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा कमलप्रसाद भटराई ,लिलाप्रसाद बराल ,सचिव कृष्ण बिष्ट तथा सदस्यहरुमा गोबिन्द बाँस्तोला,कृष्णप्रसाद अधिकारी,हरि नेपाल,भगिरथ लुइटेल,भीमप्रसाद बराइली,जितेन्द्र चौधरी, विन्दा भटराई , महेन्द्र दास, गोपाल दियाली,दधिराज सिटौला ,यादव खतिवडा, भीमकुमार दुलाल, ओम रेग्मी , हर्क कुँवर, सुरेश आले , पदम गुरुङ ,युवराज ओडारी , अनिता खत्री , नेत्र खतिवडा , दामोदर ढकाल , भिमकुमार नाल्भे , रुपनारायण चौलागाई र प्रेम उप्रेती रहेका छन् ।

प्रदेश कमिटी सदस्य श्याम ल्वागुनको अध्यक्षता तथा जिल्ला कमिटी अध्यक्ष वेदराज रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु दुर्गाप्रसाद भट्टराई , विमलकुमार उप्रेती ,गोपिचन्द्र गिरी ,श्रीमन नारायण पौडेललगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले गरेका थिए । नेकपा एकिकृत समाजवादीले पालिकास्तरमा संगठन विस्तार गर्ने योजनाअन्तर्गत यसअघि दमकमा नगर कमिटी गठन गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्