झापा , असोज १० । नेपाली कांग्रेसको शिवसताक्षी नगर सभापतिमा अशोक बस्नेत विजयी बनेका छन् ।

उनका निकटम प्रतिद्वन्द्वी तुलाराम बोखिमलार्ई ६८ मतले पछि पार्दै प्यानलसहित उनी विजयी बनेका हुन् । बस्नेतले २१५ प्राप्त गरेका थिए भने बोखिमले १४७ मतमा प्राप्त गरेका थिए ।त्यसैगरी उपसभापतिमा सन्तकुमार फेवदिन र भुपालप्रसाद राजवंशी विजयी भएका छन् । फेवदिनले २८२ र राजवंशीले २२२ मत प्राप्त गरेका छन् । उनीहरुका निकटतम प्रतिद्वन्दी नेत्र विमलीले १४६ प्राप्त गरेका छन् ।
नगर सचिवमा होमप्रसाद दुलालले २४१ मत र रमेशकुमार राईले २१९ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी विनोद खरेलको प्राप्त मत १६९ रहेको छ ।
नगर सहसचिव पदका उम्मेद्वार सूर्यप्रकाश योङ्गयाले २६९ मत र राजनारायण ताजपुरिया २२४ मतका साथ विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी देवीप्रसाद तुम्बापो (दर्शन)ले १४७ मत प्राप्त गरेका छन् । शिवसताक्षी नगरमा सतप्रतिशत मत खसेको थियो भने ३६८ जना मतदाता रहेका थिए ।
त्यस्तै दमक नगर समितिको पदाधिकारीहरुको मत परिणाम मिश्रित आएको छ । प्रकाश प्रसाइँको नेतृत्वमा निर्वाचित नगर समितिको उपसभापतिमा प्रसाइँ प्यानलका युवराज खनाल र पर्शुराम रिजाल प्यानलका उम्मेदवार प्रेम भट्टराई निर्वाचित भएका छन् भने सचिवमा रिजाल नेतृत्वको प्यानलका रामचन्द्र अधिकारी र रोशन विष्ट नेतृत्वको प्यानलका दिपेश दाहाल निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा प्रसाइँको प्यानलका मणिकुमार लिम्बु र रिजाल प्यानलकी रमुना पौडेल चापागाइँ विजयी भएका छन् ।
प्रसाइँ १७६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी रिजालले ९९ मत पाएका छन् । विष्टले ४५ मत पाएका छन् । उपसभापतिमा प्रेम भट्टराई १३६ र युवराज खनाल ( सागर) १३२ मत ल्याएर विजयी भए । सचिवमा रामचन्द्र अधिकारी १४५ र दिपेश दाहाल १३४ मत ल्याएर विजयी भए । सहसचिवमा मणिकुमार लिम्बु ११९ मत ल्याएर विजयी भए भने रमुना पौडेल चापागाइँले ११७ मत ल्याएर विजयी भएकी हुन् ।
गौरादहमा यादवराज सेढाइँ २ मतान्तरले विजयी भएका छन् । उनले १२२ मत पाएर विजयी भए भने प्रतिस्पर्धी गोपाल कोइरालाले १२० मत ल्याएका छन् । उपसभापतिमा कुन्दन गिरी १७१ र मेघराज अधिकारी १६८ मत ल्याएर विजयी भए । सचिवमा माधब कोइराला १४१ र नेत्र खडकाले १०६ मत ल्याएर विजयी हासिल गरेका छन् ।सहसचिवमा उपेन्द्र ढुंगाना १७७ र ओम कुमार धमला १२० मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै कमल गाउँ समितिको सभापतिका दुईजना प्रतिस्पर्धीले बराबरी मत प्राप्त गरेका छन । खगेन भण्डारी र बुद्धिराज न्यौपानेले ६५÷६५ मत ल्याए भने अर्का प्रतिस्पर्धी प्रमोद दाहालले एक मत ल्याएका छन् । त्यस्तै ४ मत बदर भएको जनाइएको छ । त्यहाँ सभापतिका दुवै प्रत्यासीको बराबर मत आएपछि दुवै जनाबीच आधा आधा कार्यकाल आलोपालो सभापतिको जिम्मेवारी सम्हाल्ने निर्णय भएको छ । सहमति अनुसार अबको पहिलो चरणको कार्यकाल न्यौपानेले सम्हाल्नेछन् भने दोश्रो चरणमा भण्डारीले कार्यभार सम्हाल्ने निधो भएको बताइएको छ । उपसभापतिमा पदम निरौला ८६ मत र केदर कटुवाल ७१ मत ल्याएर विजयी भएका छन् भने सचिवमा दिनेश दाहाल ८८ र महेन्द्र बुढाथोकी ८३ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा सविता दाहाल कटुवाल ७० र दुर्गाप्रसाद पोखरेल ६९ मत ल्याएर विजयी भएका छन् ।
त्यस्तै गौरीगञ्जमा अघ्नुप्रसाद राजवंशी गाउँ समितिको सभापतिमा ७८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी राजेन्द्र कार्कीले ३९ मत र अर्का प्रतिस्पर्धी कमलेश्वर राजवंशीले ६ मत ल्याएका छन् । उपसभापतिमा टिकनारायण राजवंशी र धिरज रिजाल, सचिवमा हरिलाल यादव र गोपाल प्रसाद ताजपुरिया तथा सहसचिवमा राजेन्द्रकुमार ताजपुरिया र भोला राजवंशी विजयी भएको जनाइएको छ ।
त्यस्तै मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरे । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए । कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्