झापा, असोज ११ ।बिर्तामोड नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०७८÷०७९को नगर विकास योजनाको पुस्तक सार्वजनिकीरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमका बीच वार्षिक समीक्षा तथा पुस्तक सार्वजनिक गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्की,बिर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरे ।गत असार १० गते आयोजित सातौँ नगरसभामा पेस भएका नीति तथा कार्यक्रमलाई पुस्तकमार्फत सार्वजनिक गरिएको हो ।कार्यक्रममा बिर्तामोड नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा निशुल्करुपमा पठनपाठन गराउँदै आएको आचरण सचेतना शिक्षा कक्षा ३ देखि ८ सम्मको पाठ्यक्रम तथा कक्षा ७ र ८को पाठ्यपुस्तक समेत विमोचन गरिएको छ ।

सोहि कार्यक्रमका विच नगरपालिकाको विभिन्न वडामा जग्गा दिएर सहयोग गर्ने जग्गा दाता,अवकास प्राप्त कर्मचारी,उत्कृष्ट कर्मचारी,समाजसेवी तथा खेलाडीलाई सम्मान गरीएको छ ।सम्मानित हुनेहरुमा आधारभुत स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा उपलव्ध गराउने जग्गा दाता बिर्तामोड वडा नम्बर १ का दानबहादुर राउत,वडा नम्बर ४का भिमकला रावत,वडा नम्बर ९का तोम प्रसाद पाठक,वडा नम्बर १०का श्रीप्रसाद शिवाकोटी रहेका छन् ।

यस्तै बिर्तामोड नगरपालिकाबाट अवकाशप्राप्त कर्मचारी लेखा अधिकृत यादवप्रसाद अधिकारी,अधिकृत छैटौँ तुलसीप्रसाद भण्डारी,सहायक पाँचौ धनकुमारी भण्डारी र प्रधुम्न न्यौपानेलाई सम्मान तथा विदाई गरिएको छ ।यस्तै समाजसेवी बिर्तामोड नगरपालिका ४का भक्तिप्रसाद तिवारी विदुर र वडी विल्डर राम दाहाललाई सम्मान गरिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को उत्कृष्ट कर्मचारीको रुपमा कोभिड–१९को संक्रमण उच्च रहेको बेलामा समेत अहोरात्र खट्ने एम्बुलेन्स चालक महेन्द्रकुमार घिमिरे र शववाहन चालक खगेन्द्रप्रसाद मैनालीलाई सम्मान गरेको छ । उनीहरुलार्ई प्रमुख अतिथि प्रदेश १ सांसद एकराज ,नगरप्रमुख शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत दाहालले दोसल्ला ओढाएर सम्मान पत्र तथा मायाको चिनोको रुपमा अंखोरा प्रदान गरेका थिए ।
कार्यक्रमको पहिलो सत्रमा नगरका १५ वटै शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक समीक्षा गरिएको थियो । शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल,स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेल,योजना शाखा प्रमुख जय तिम्सिना,आर्थिक प्रशासन शाखाका निमित्त प्रमुख प्रकाश न्यौपाने,राजश्व शाखाका प्रमुख पदमराज न्यौपाने,कानुन शाखा प्रमुख टिका लामिछाने,घर नक्सा शाखा प्रमुख प्रभाव थापा मगर,पञ्जिकरण इकाई शाखा प्रमुख अशेष अधिकारी,प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख होमनाथ भट्टराई र उद्यम विकास कार्यक्रम प्रमुख चेलीमाया तामाङले आ–आफ्नो शाखाको प्रगति विवरण पेश गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश १ सांसद कार्कीले सार्वजनिक भएका योजनाहरुको कार्यान्वयनमा ध्यान दिन सबै जनप्रतिनिधि तथा कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओली,राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल,नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज युवराज दाहालले शुभकामना मन्तव्य राखेका थिए ।
नगरप्रमुख शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रमको आचित्यमाथि प्रमुख प्रशासकीय अधिकृत दाहालले प्रकाश पारेका थिए ।कार्यक्रमलाई योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्