झापा , असोज १२ । ४२ औं विश्व पर्यटन दिवस झापाको बिर्तामोडमा प्रभातफेरी र कन्काई माईधाममा सरसफाई गरेर मनाइएको छ ।

शुरुवाती कोठा नेपालको आयोजना र दर्जनभन्दा बढी संघसंस्थाको सहकार्यमा कार्यक्रम गरिएको हो ।आदर्श स्कुल अफ म्यानेजमेन्ट, इक्कम कलेज, स्प्रिङडेल कलेजका सयौं विद्यार्थीहरूले बिर्तामोडको मुक्ति चोक वरिपरि प्रभातफेरीमा भाग लिएका थिए । कार्यक्रममा पूर्वेली नौमती बाजा महिला समूह चारपानेले नौमती बाजा प्रस्तुत गरेको थियो । मारवाडी महिला मंचले पनि प्रभातफेरीमा सहभागिता जनाएको थियो । कार्यक्रम शुरुवाती कोठा नेपालका अध्यक्ष दीपक दासको सभापतित्वमा सम्पन्न भएको थियो ।शुरुवाती कोठा नेपालले विगतका बर्षमा पनि पर्यटन दिवस मनाउँदै आएको संस्थाका कोषाध्यक्ष रविन पाठकले जानकारी दिए ।

त्यसैगरी अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस झापामा एक कार्यक्रम गरी मनाइएको छ । सुरक्षित गर्भपतन सेवा र यसको महत्वबारे युवाहरुसँग अन्तक्रिया गरेर दिवस मनाइएको हो।मानव अधिकार र वातावरण विकास मंच उदयपुरको झापा फिल्ड कार्यालयको आयोजना , शुरुवाती कोठा नेपालको सहकार्य र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोडको सहयोगमा दिवस मनाइएको हो । आयोजक संस्थाका सुदर्शन दाहाल र अधिकारकर्मी दिपक दासले युवाहरुलाई गर्भपतनबारे जनचेतना , कानुनी सेवाजस्ता विषयमा सहजीकरण गरेका थिए । अग्रेजी सेप्टेम्बर महिनाको २८ तारिखका दिन अन्तर्राष्ट्रिय गर्भपतन दिवस मनाउने गरिएको सहयोगी सस्था शुरुवाती कोठा नेपालका यज्ञराज कडरियाले जानकारी दिए । कार्यक्रममा जिल्लाभरिका २ दर्जनबढी युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्