बिर्तामोड , असोज १२ । नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि एवं बिर्ताबजारका पुराना बासिन्दा कृष्णबहादुर श्रेष्ठले बिर्तामोड–३ स्थित मदरसा तालिमुल कुरानलाई एक धुर जग्गा प्रदान गरेका छन् ।

सामाजिक अभियन्ता श्रेष्ठले मदरसाको लागि १ धुर जग्गा बराबरको नगद १ लाख २५ हजार प्रदान गरेका हुन् । मदरसा तालिमुल कुरानले मुस्लिम समुदायका विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ ।
सो मदरसाका लागि बिर्तामोड–३ को समावेशी टोलमा ८ कठ्ठा जग्गा खरिदका लागि बैना गरिसकेको मदरसाका अध्यक्ष अफरोज खानले जानकारी दिए । यसअघि स्थानीय कैलाश प्रसाईले १५ लाख बरावरको १२ धुर जग्गा दान दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्