झापा , असोज १३ । चोरीमा संलग्न मेचीनगरका दुईजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मेचीनगर १३ बस्ने २३ वर्षिय संजय विश्वकर्मा र सोही ठाउँका २४ वर्षिय प्रवेश सुन्दास रहेका छन् ।
गत असोज ९ गते विहानको राति मेचीनगर १३ चारआलीस्थित ग्लोवल आईएमई बैंकको अगाडी ताला नलगाएको सटरभित्र रहेको आल्मुनियम वाललाई भत्काएर ल्यापटप १ थान,टिभिी. १ थान,कम्प्युटर मोनिटर १ थान र .सि.सि.क्यामेरा १ थान चोरी भएको थियो । ईलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएर सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा र चारआली चौक÷बजार एरियामा जडान गरिएको सिसि क्यामेराको फुटेज हेर्दा १ जना व्यक्ति क्याप लगाई सामानहरु चोरी गरी लादै गरेको देखिएको थियो । हुलियाको आधारमा खोजतलास गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । नियन्त्रणमा लिई सोधपुछ गर्दा आफूहरुले ती सामान चोरी गरेको कुरा उनीहरुले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भईरहेको थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्