बिर्तामोड , असोज १३ । दोस्रो मोड्युलको शीलिड्स प्रशिक्षण अर्जुनधाराका महिला जनप्रतिनिधिहरुलाई प्रदान गरिएको छ ।

अर्जुनधारा नगरपालिकाका १९ जना महिला जनप्रतिनिधिहरुलाई शीलिड्सको दोस्रो मोड्युलको चारदिने प्रशिक्षण दिइएको हो । असोज १० गते बिर्तामोडमा शुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको छ । यसअघि गत फेब्रुअरीमा अर्जुनधाराका महिला जनप्रतिनिधिहरुलाई पहिलो मोड्युलको तालिम दिइएको थियो । तालिमपछि असाइनमेन्ट गर्न लगाइएको थियो । दोस्रो मोड्युलको तालिमपछि पनि उनीहरुलाई असाइनमेन्ट गर्न दिइएको प्रशिक्षक स्वस्तिका पोखरेलले बताइन् । प्रशिक्षणमा मुख्य प्रशिक्षक उमेश विश्वकर्मा रहेका थिए । अर्जुनधारा नगरपालिकाकी प्रवक्ता सकुन्तला बरालको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीका तर्फबाट खड्गमाया पराजुली , लक्ष्मीदेवी दंगाल , रिता नेपाली , सुशीला सुवेदी, तुलसा पोखरेललगायतले बोल्दै शीलिड्स प्रशिक्षण अत्यन्त आबश्यक र सकारात्मक रहेको बताएका थिए । संस्थाका तर्फबाट सोमराज ढकालले प्रकाश पारेका थिए । समापनमा कार्यक्रमका लागि १ लाख ७ हजार रुपैयाँ खर्च भएको अनुमोदन गरिएको थियो । दलित महिला केन्द्र नेपालको आयोजना तथा आईएफईएसको सहयोगमा झापाको अर्जुनधारा , बिर्तामोड , शिवसताक्षी , कमल र दमकमा शीलिड्स प्रशिक्षण संचालन भइरहेको छ । पहिलो मोड्युलको तालिम समापनपछि ती पालिकाहरुमा दोस्रो मोड्युलको प्रशिक्षण जारी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्