बैगुनधुरा,असोज १४ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ४ को क्षेत्रीय सहसचिवमा कृष्णप्रसाद गौतमले उम्मेद्वारी घोषणा गरेका छन् ।

क्षेत्रीय प्रतिनिधि तथा पार्टी नेताहरुसँगको विभिन्न चरणको छलफल र परामर्शपछि गौतमले उम्मेद्वारी घोषणा गरेका हुन् । गौरादह – ९ का जनप्रतिनिधि समेत रहेका गौतम पार्टीभित्र जुझारु युवा मानिन्छन् । स्थानीयस्तरमा उनी नागरिकको मन जितेका जनप्रतिनिधिका रूपमा चिनिन्छन् । वडा अधिवेशनमा लोकप्रिय मत ल्याएर क्षेत्रीय प्रतिनिधि निर्वाचित उनी पार्टीभित्र परिवर्तन चाहने युवा हुन् । नेपाल ल क्याम्पस काठमाडौँ, धनकुटा बहुमुखी क्याम्पस धनकुटामा अध्ययनरत रहँदा नेविसंघको संगठन निर्माणमा योगदान पु¥याउनका उनी बैगुनधुराका स्थानीयबासी हुन् । उनी स्थानीयस्तरमा पार्टी संगठन निर्माणमा निरन्तर सक्रिय छन् । बैगुनधुरा, महाभारा,पाँचगाछी, शिवगञ्ज क्षेत्रबाट पार्टीको क्षेत्रीय समितिमा पदाधिकारीको आवश्यकता बोध गरी पार्टीपंक्तिमा छलफल गरेर आफूले क्षेत्रीय सहसचिवमा उम्मेद्वारी दिएको उनले बताए । सो क्षेत्रका नेता, समकालीनको पूर्ण साथ र समर्थनमा आफूले उम्मेद्वारी घोषणा गरेको गौतमको भनाइ छ । उम्मेद्वारी घोषणासँगै गौतम अग्रज, समकालीन र अनुजहरुसँगको भेटघाटमा जुटेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्