झापा , असोज १४ । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीले १४ औं महाधिवेशनमा देउमान थेबेलाई जिल्ला सभापति बनाउने समझदारी १३ औं महाधिवेशनमा भइसकेको खुलासा गरेका छन् ।

१३ औं महाधिवेशनमा जिल्ला सभापतिमा देउमान उठ्न खोज्दा उनलाई १४ औं महाधिवेशनमा जिल्ला सभापति बनाउने समझदारी गरी उम्मेद्वारी छोड्न लगाएको नेता बुढाथोकीले बताएका हुन् । त्यसकारण नैतिक रुपमा देउमानलाई यस पटक जिल्ला सभापति बनाउने जिम्मेवारी रहेको उनले बताए । १४ औं महाधिवेशनका लागि देउमानलाई अवसर दिनेगरी १३ औं महाधिवेशनमा उद्धव थापालाई सर्वसम्मत बनाउन आफूलगायत सुधिरकुमार शिवाकोटी , गोपाल बस्नेत, नरेन्दबिक्रम नेम्बाङ, विश्वप्रकाश शर्मालगायतले लिखित समझदारी गरेको उनको भनाइ छ । त्यसकारण यसपटक देउमानप्रति आफ्नो समर्थन रहेको उनले बताए । प्रस्तुत छ प्रतिदिन दैनिकसँग गरिएको कुराकानीको सारसंक्षेपः–
नेपाल काँग्रेसको १४ औं महाधिवेशन जारी रहेको छ, यसलाई कसरी यसलाई नियालिरहनु भएको छ ?
मैले यसपालि हेरँे यो १५वटा पालिकाको निर्वाचनमा म सम्पर्कमा सबैसँग बसे । बस्दा के पाएँ भने नयाँ इनर्जी पाएँ पार्टीभित्र । युवाहरु बढी सहभागिता भएको पनि देखियो र टे«डिस्नल काँग्रेसभन्दा पनि नयाँ सोचका काँग्रेस आएको पनि देखेँ । यो केले हुन सक्छ भन्दा, अन्य पार्टीकाहरु पनि प्रवेश गरेको हुन सक्छन् । त्यसले पनि होला । तर टे«डिस्नल सोचाइबाट विद्रोह गर्ने धेरै युवा साथीहरु आए । मलाई आशा पलायो यो झापा जिल्लाको यो १५वटा पालिकाको नतिजाले । आशा के पलायो भन्दा चाहिँ काँग्रेस अब राम्रैसँग उपस्थित हुन्छ अब हरेक क्षेत्रमा भन्ने मलाई लागेको छ ।
झापा जिल्लाको पालिका स्तरीय अधिवेशनमा केन्द्रको गुट हावी भएको देखियो ।के भन्नु हुन्छ ?
आई डन्ट थिङक सो ! यहाँ कसैले पनि म रामचन्द्रजीको मान्छे ,कृष्णजीको मान्छे भन्ने पाइनँ । हुनेले आ–आफनो उम्मेदवारी दिएका छन् । तर रामचन्द्रको म फलानो मान्छे, कृष्णप्रसादको म,शेरबहादुरको म भनेर भोट मागेको मैले कहि देखिनँ । आई डन्ट थिङ्क काठमाण्डौको गुटको कुरा झापामा यसपालि लागू भयो आई डन्ट थिङ्क सो !
भद्रपुर नगरपालिकामा हेर्ने हो भने कृष्ण सिटौलाका ५ जना उम्मेद्वार खडा हुनु भयो, एउटै समूहको ५–५ जना उम्मेद्वार खडा हुनु भनेको राम्रो होइन नि ?
उसले ठिक गरेको हो,कृष्ण सिटौलाले कसैलाई पनि समर्थन नगरेर उनीहरु भेन्टिलेट गर्न पाए नि त । उम्मेद्वारले भेन्टिलेट गर्न पाए आफ्ना विचार । नतिजाबाट चित्त बुझाउन पाए सबै जनाले । त्यो कृष्णजीले राम्रो काम गर्नुभयो । कसैलाई जवरजस्ती तँ बस् भनेर भनेको भए त्यो विद्रोह हुन्थ्यो तर, उसले आफ्नो मूल्यांकन आफैले गर्न पाए । जे गरे उनले ठिक गरेको हो । जबरजस्ती मान्छेलाई ड्रप गर्यो भने विद्रोह गर्छन् । त्यसैले गर्दा मलाई त राम्रो लाग्यो । उसले किन दोष बोक्ने ? तलाई बस् भन्दा त उसले दोष बोक्नु पर्छ । ‘ही डिड द करेक्ट थिंक’ मेरो विचारमा काठमाडौंको गुटको कुरा यहाँ आउँदैन । सबै एकसे एक थिए उठेका मान्छेहरु । सिटौलाजीको काम के थियो भन्दा पाँचैजनालाई बोलाएर अब सँगै मिलेर काम गरौं भन्ने मेरो विचारमा चाहिँ करेक्ट छ ।
१५ वटै पालिकाको अधिवेशनको परिणाम हेर्दाखेरि अबको जिल्लाको नेतृत्व चाहिँ कस्तो हुनु पर्छ ? र कसले जित्ने बुझिन्छ ?
अब यो इन्डिभिज्युल कुरा भयो । यो गुटको कुरा होईन । एउटा कुरा क्लियर के भन्न चाहन्छु भने योभन्दा अगाडिको अधिवेशनमा जान्छु म । भन्नाले १३ औं महाधिवेशनमा हामीले हाम्रो टीमबाट सभापतिको उम्मेद्वार देउमानलाई बनायौं । यसमा नरेन्दबिक्रम नेम्बाङ, बिश्वप्रकाश शर्मा , गोपाल बस्नेत , म अगाडि सर्यौ । उद्धव थापाजीलाई चाहिँ सिटौलाजी, सुधिरजीले अगाडि सार्नुभयो । पछि हामीभित्र समझदारी भयो । समझदारीमा हाम्रा मान्छेलाई ड्रप गरेर तपाईको उद्धवजीलाई ७५ जिल्लामा निर्विरोध सभापति बनाएकोमा आफैमा पनि ऐतिहासिक कदम हो नि । त्यसबेला हाम्रो जो जति ५–६ जना बसेर समझदारी गर्यौ । हामीले केसम्म गर्यौ भने अर्को पटक तपाई सभापति बन्नु होला भन्दै अनि देउमानलाई ड्रप गराउन लगायौं । विश्वप्रकाशजीको क्षेत्रबाट एउटा सचिव दिऔं भनेर सहमति गरायौं । गोपालजीको क्षेत्रबाट चाहिँ भगिरथलाई वरिष्ठ जिल्ला सदस्य दिऔं अनि हामीले बिना चुनाव अधिवेशन सक्यौंैं । अहिले पनि मेरो भनाई अनुसार नैतिकताले सोच्ने हो भने हाम्रो कमिटमेन्ट लिखित छ फेरि ।
के भनेर लेख्या छ ?
यसरी समझदारी गर्यौ भन्ने लेखेको छ । लिखित दस्तावेज छ । गोपालजी सँग छ वा सुधिरजी सँग छ । सुधिरजीलाई अस्ति मैले सोधेको थिएँ कहाँ कहाँ राखे मैले भन्नु भयो । त्यो त्यत्रो इम्पोटेन्ट भएन नि त । पाँच वर्ष अगाडिको समझदारीको कुरा अहिले यस्तो अबस्थामा देखाउनु पर्ने उपयुक्त होइन भन्ने कुरा गरे । लिखित संझौता यो हो कि देउमानजीलाई सहयोग गर्ने । म चाहिँ अहिले देउमानजीको पक्षमा उभिन्छु किनभने नैतिकरुपमा । नैतिकरुपले कमिटमेन्ट छ । त्यो कुनै गुट आदि इत्यादिसँग जोडिएको कुरा होइन । सिटौलाजीले पनि देउमानलाई सहयोग गर्नेमा छन् । सुधिरजीले खुल्ला रुपमा सहयोग गरिरहनु भएको छ । गोपालजीले गरिरहनु भएको छ नरेन्द्र दाईले गरिरहनु भएको छ । अब विश्वप्रकाशजीले पनि गर्नु हुन्छ भन्ने मलाई बिश्वास लागेको छ । नैतिक रुपले हामी एक ठाउँमा उभिएका हौं । त्यसले नेतृत्व अब १५ वटा पालिकाको रिजल्टले के देखाउँछ भने लगभग लगभग चाहिँ देउमानजीको पोजिसन राम्रो छ ।
तपाईले १३ औ महाधिवेशनमा लिखित समझदारी भएको छ भन्नु भयो । तर ,त्यति हुँदाहुँदै जिल्ला सभापतिमा राम कट्टेल फेरि किन उठ्नु भयो त ?
त्यस्तो होइन ! त्यस्तो होइन ! प्लीज राम कट्टेल पनि असल मान्छे हो । तपाईले राम कट्टेललाई कम आँक्नु भएको होला । ऊ पनि उपसभापति हो । बसेको हो नि पाँच वर्ष । ही इज गुड मेन । पढेलेखेको मान्छे हो । सज्जन मान्छे छ । उसले उठ्नु हुँदैन सभापति हुनु हुँदैन भन्ने कुरै होइन नि । हामी पोलिटिकल मान्छेहरुले पो त चाहिँ समझदारी गरेको । मेरो शुभकामना छ राम कट्टेलजीलाई । उहाँले उठे हुन्छ नि त । त्यसमा मैले आपत्ति मान्नु पर्ने छैन । पहिला देउमान पनि उपसभापति थिए । सभापतिमा आँट गरे । इट्स नेचुरल । राम कट्टेलजी उपसभापति हो । अब उनले पनि म सभापति उठ्छु भन्नु उसको नैसर्गिक अधिकार हो नि । हि इज अ भेरी नाइस पर्सन । उहाँको बुवा मेरो साथी । पत्याउनु हुन्छ ? म जिल्ला सभापति हुँदा प्रधानपञ्च थिए । उठ्ने मान्छेले उठ्न पाउनु पर्छ ।
१३ औं महाधिवेशनमा लिखित समझदारी भइसक्दाखेरि चाहिँ यो पटक देउमान थेबेजीलाई राम कट्टेलजीले छोड्दा के हुन्छ ?
त्यो त उहाँको कुरा हो । हामीले भन्ने कुरा आएन । उहाँले अब यो चुनावसम्ममा समझदारी बन्न पनि सक्ला । पहिले पनि त चुनावी मैदानमा सबै उठिसकेपछि अनि मात्रै समझदारी भएको हो नि । अब रामजीले पनि जिल्लाभरि १५ वटा पालिका घुमेर आफ्नै स्थिति के छ मूल्यांकन गर्न पाउनु पर्यो । उहाँले आफ्नो मूल्यांकन गर्नुहुन्छ कि यो अबस्था छ । म अझै जित्छु भन्ने कन्फिडेन्स लाग्छ भने त उहाँले उठ्नु पर्छ नि ।
यहाँले भन्नुभयो त्यो समझदारीमा बिश्वप्रकाशले पनि हस्ताक्षर गर्नुभएको छ । बिश्वप्रकाश शर्माकै आशीर्वादले राम कट्टेल उठ्न खोजेको भन्ने सुनिन्छ ?
खोई हो मलाई त बिश्वास लाग्दैन । मैले सोधेको थिएँ विशुजीलाई काठमाण्डौमा । के हो यो तपाईको ? हैन मेरो क्षेत्रको उम्मेद्वार हो । उहाँ अब उठ्छु भनेपछि मैले के गर्नु ? आफ्नो निर्वाचन क्षेत्रको कुनै पनि नेताले म सभापतिमा उठ्छु भन्दा बिश्वप्रकाशजीले विरोध गर्न मिल्छ ? भोलि चुनावमा असर पर्दैन ? त्यसले रामजी उठ्दाखेरि उहाँले ‘यस’ त भन्नु परेन ? हाउ क्यान हि से नो ? त्यो भन्न सक्दैन नि ।
‘यस’ मात्र भनेको होइन नि , एउटै मंचबाट उहाँहरुले उम्मेद्वारी घोषणा गर्नुभएको छ ?
त्यो संजोग पर्यो होला । तपाईको बिश्वप्रकाशजी घोषणा गरेको सभामा अरु धेरै साथीहरु पुगेका थिए । अब सभापतिको उम्मेद्वार त रामजी मात्र पुग्नु भएको थियो । अरु त पुगेका थिएनन् । अरु पुगेका भए अरुले पनि घोषणा गर्थे होलान् । अब रामजी त्यहाँ पुगेको हुनाले उहाँले म पनि बोल्छु भन्नु भयो होला अनि आफ्नो कुरा राख्नु भयो । यति राम्रो मञ्च भेट्दा राजनीतिकर्मीले किन छोड्ने भन्दा पनि आफ्नो कुरा घोषणा गर्नुभयो होला । अब त्यसलाई हामीले एकैचोटी बिश्वप्रकाशजीले रामजीलाई नै बोकेर हिड्नु भएको कुरा चाहिँ यसरी नजोडौं । यो मेरो रिक्वेस्ट हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्