झापा , असोज १४ । हातीको आक्रमणबाट बिर्तामोडकी एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ११ः५० बजे भद्रपुर १० देउनियामा बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डी र उनकी ५० वर्षिया श्रीमती लतुमाई मर्डी निगुरो टिपिरहेको अबस्थामा आएको जंगली हातीले लतुमार्ईलाई सुँडले च्यापी चन्द्रगढी सामुदायिक बनतर्फ लिएर गएको थियो । दिउँसो ४ बजे सेती खोलाको पैनीमा मृत अबस्थामा उनी फेला परेकी छन् ।

लतुमार्ईका श्रीमानले अस्थायी प्रहरी चौकी गरामनीमा जानकारी गराउनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको टोली, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षकको ७ जनाको टोली , नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली , बन कर्मचारी र स्थानीय समेतले जंगलमा खोजी गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्