मेचीनगर , असोज १४ । धुलाबारी जुनियर जेसीजको चौथो स्थापना दिवस अघिल्ला वर्षहरु २०१९ र २०२० झैं तीन चरणको कार्यक्रम गरी मनाइएको छ ।

पहिलो चरणको कार्यक्रम स्वबोध साधना केन्द्रमा बालबालिकाहरुसंग रमाइलो पल व्यतित गर्दै बालबालिकाहरुलाई कापी, कलम, फुटबलजस्ता सामग्री वितरण गरिएको थियो । त्यस्तै, दोस्रो चरणको कार्यक्रममा धुलाबारी ट्राफिक प्रहरी पोस्टसंग समन्वय गरी सचेतना बोर्डको स्थापना गरी मास्क र जनचेतनामुलक पर्चा पैदलयात्रीहरुलाई वितरण गरिएको छ ।

त्यसैगरी मातृशाखा अध्यक्ष जेसी राजीव प्रसाईं , पूर्व अध्यक्षहरु र सम्पूर्ण शुभचिन्तक तथा अभिभावकमाझ शुभकामना आदानप्रदान गरी सन्ध्याकालिन समयमा केक काटेर मनोरञ्जन गरी तेस्रो चरणको कार्यक्रम समापन गरिएकोे छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्