बिर्तामोड , असोज १६ । चाडपर्व नजिकिदै गएको बेला बिर्तामोडको जात्रुबारी –कंचनजंघा मार्गमा सरसफाइ गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पूर्वपश्चिम राजमार्ग दक्षिण साल्ट ट्रेडिङको गोदामदेखि इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै न्यूटन बोर्डिङसम्म सरसफाई गरिएको हो । कार्यक्रममा जात्रुबारी न्यूटन टोल विकास संस्था , जात्रुबारी नमूना टोल विकास संस्था , जात्रुबारी संगीत टोल विकास संस्था , जात्रुबारी कोहेड टोल विकास संस्था , उन्नतिशील महिला समूह र कंचनजंघा परोपकार समाजको सहयोग रहेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, समाजसेवी पुष्पलाल चौधरी , बिर्तामोड नगरपालिकाका नायब सुब्बा मेघराज बाँस्तोला , जात्रुबारी टोल विकास संस्थाका अध्यक्ष लवकुमार चौधरी , जात्रुबारी संगीत टोल विकास संस्थाका अध्यक्ष घनश्याम गिरी , उन्नतिशील महिला समूहकी अध्यक्ष उमा तिम्सिना मिश्र , कंचनजंघा परोपकार समाजकी अध्यक्ष पार्वता भट्टराई, युवा समाजसेवीहरु उत्तम खनाल , रमेश चौधरीलगायतको कार्यक्रममा संलग्नता रहेको थियो । संकलित फोहोर बिर्तामोड नगरपालिकाको ट्रयाक्टरले उठाएर लिएर गएको छ । कार्यक्रममा ब्यानर , पानी , मास्क , ग्लोब्स्को सहयोग चन्द्र सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्