बिर्तामोड , असोज १६ । पहिलो प्रादेशिक बैंक बन्ने योजनामा रहेको एक्सेल डेभलपमेन्ट बैंकले साउन महिनामा १ करोड ६८ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

बैंकिङ्ग तरलताको समस्या, पूँजी बृद्धिसँगै कारोबार विस्तारमा संकुचनता, बढ्दो वित्तीय प्रतिस्पर्धा, विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्था भएपनि बैंकले लक्षित सफलता हासिल गरेको हो । गत आर्थिक वर्षको साउनमा १ करोड १४ लाख ७६ हजार ७९० रुपैयाँ खुद मुनाफा कमाएको बैंकले यस वर्ष सोही साउनको एक महिनाको अवधिमा १ करोड ६८ लाख ८२ हजार ११० रुपैयाँ खुद मुनाफा कमाउन सफल भएको हो । जुन ५४ लाख ५ हजार ३२० रुपैयाँले बढी हो । त्यस्तै गत साउनमा बैंकको संचालन नाफा १ करोड ८० लाख ३४ हजार ९५० रुपैयाँ रहेकोमा यस वर्षको साउन महिनामा २ करोड ६७ लाख ९७ हजार पुगेको छ । जुन ८७ लाख ६२ हजार ५० रुपैयाँले बढी हो । शनिबार बिर्तामोडमा आयोजित बैंकको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष महेन्द्रकुमार गोयलले सो जानकारी दिएका हुन् ।

उनले विगतको तुलनामा ३२ प्रतिशतले खुद नाफा बढेको जानकारी दिए । तर आर्थिक वर्ष २०७६ असार र २०७७ को असार महिनाको तथ्याङ्क विवरण अनुसार यस बैंकको निक्षेप तथा कर्जामा अघिल्लो वर्षभन्दा समीक्षा वर्षमा क्रमशः ३६.३५ प्रतिशत र २३.४१ प्रतिशतले वृद्धि भएको तथा खुद मुनाफातर्फ ३८.४७ प्रतिशतले कमी भएको देखिएको छ । त्यस्तै बैंकको कर्जा लगानीतर्फ सचेतपूर्ण नीति लिइएका कारण विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभावका बावजुद व्याज असुली सन्तोषजनक देखिएको अध्यक्ष गोयलले बताए । गत आर्थिक वर्षमा यस बैंकले उठाउनु पर्ने व्याजको ९४.०९ प्रतिशत व्याज असुली गर्न सफल भई कूल बाँकी कर्जाको २.७६ प्रतिशत मात्र निष्कृय कर्जा बाँकी रही ९७.२४ प्रतिशत कर्जा सक्रिय रहेको उनले जानकारी दिए ।
वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६–०७७ को वितरणयोग्य संचित मुनाफा र शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पू‘जी रु ८१ करोड ११ लाख २१ हजारको १२ प्रतिशतका दरले बोनस शेयर र उक्त बोनश शेयरवापतको कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा रु १० अर्बभन्दा बढी रहेको छ भने निक्षेप संकलन रु ११ अर्बभन्दा बढी रहेको छ । झापा जिल्लाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४१ स्थानमा आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहकसमक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने चालु आर्थिक वर्षमा आफ्नो कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु स्थापना गर्ने र निकट भविष्यमा १ नम्बर प्रदेशभर आफ्नो कारोवार सञ्चालन गर्ने उद्धेश्यका साथ पूँजी वृद्धि योजना अघि बढाएको छ । पूँजी बृद्धिका लागि कम्पनीको गत चौधौ वार्षिक साधारणसभाको निर्णय अनुसार चुक्ता शेयर पू‘जी ८१ करोड ११ लाख २१ हजार २२४ को ३० प्रतिशतका दरले रु २४ करोड३३ लाख ३६ हजार ३६७ को हकप्रद शेयर निष्काशन यही असोज २५ मा खुल्ला हुने जनाइएको छ । यसैबीच साधारणसभाले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरुमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्वाचित गरेको छ । सञ्चालक समितिका अध्यक्ष गोयलले उदघाट्न गरेको कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक सुुष्मा शर्मा वस्तीले गरेकी थिइन् । कार्यक्रममा बैंकका निमित्त .प्रमुखकार्यकारी अधिकृत लेखराज कार्कीले बैंकका वर्तमान गतिविधिहरुको वारेमा प्रकाश पारेका थिए संस्थापक शेयरधनीहरु सुरेशकुमार अग्रवाल , डा. रुपक खनाल, बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले बैंकको उन्नति तथा प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए । संचालक हेमराज ढकालले धन्यवाद मन्तव्य राखेको कार्यक्रमको संचालन कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्