बिर्तामोड , असोज १६ । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले जेष्ठ सदस्यलाई सम्मान गरेको छ ।

बिर्तामोड– १० सैनिकबजारमा रहेको एनएमसी शाखा कार्यालयले आफ्ना शेयर सदस्य पूर्णबहादुर तामाङलाई नगद पाँच हजारसहित फूलमाला र टोपी लगाइदिएर सम्मान गरेको हो। बिर्तामोड नगरपालिका –९ सम्झनाचोक निवासी ७१ वर्षीय तामाङलाई उनको निवासमा पुगेर सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया सुनुवार,सदस्य टिकाराम दंगाल, इकाई समिति संयोजक रत्नबहादुर बस्नेत, कार्यालय प्रमुख सन्तोष ढुंगानालगायतको टोलीले नगदसहित फूलमाला र अबिर लगाइदिएर सम्मान गरेका थिए।
कार्यालय प्रमुख ढुंगानाका अनुसार सदस्य सुविधाअन्तरगत पाँच हजारभन्दा बढी शेयर रकम मौज्दात् रहेको, सदस्यता प्राप्त गरेको चार वर्ष अवधि पूरा भएका, ७० वर्षभन्दा बढी उमेरका जेष्ठ सदस्यलाई संस्थाले सम्मान गर्ने गरेको छ। मापदण्ड पुगेका एनएमसीका ४३ वटै शाखाका जेष्ठ नागरिक एकैदिन सम्मानित भएको सहकारीले जनाएको छ।
इकाई सदस्य सीता राई, बजार प्रतिनिधि निशा लिम्बू तथा शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण कर्मचारी चन्द्रबहादुर राईले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्