बिर्तामोड, असोज १६ । झापाको बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७७÷०७८ मा ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा कमाएको छ ।

कोभिड १९ को सन्त्रासका बीच पनि सदस्यहरुले उल्लेख्य कारोबार गर्दा संस्थाले सन्तोषजनक नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले जानकारी दिए ।
शनिबार बिर्तामोडमा नवौं साधारणसभा सम्पन्न गर्नेक्रममा अध्यक्ष कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आ. व. ०७७÷०७८ मा १ करोड २८ लाख ९ हजार ६११ रुपैयाँ आम्दानी गरेको र १ करोड २२ लाख १७ हजार ८२५ रुपैयाँ खर्च भई ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको बताए ।
यस वर्ष संस्थाले ५ करोड ७३ लाख ५७ हजार ५४२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ७३ लाख ८६ हजार २६ रुपैयाँ ऋण लगानी गरेको छ । सदस्य संख्या ३ हजार ३९६ पुगेको छ भने शेयरपूँजी १ करोड ८४ लाख ९४ हजार ५ सय पुगेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।
प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मणिराज दंगालले गरेका थिए भने स्वागत उपाध्यक्ष ढुण्डीराज गुरागाईंले गरेका थिए ।

प्रमुख अतिथि राजवंशी, बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा उत्कृष्ट बचतकर्ता पवित्रा विक, उत्कृष्ट ऋणी फुरछेकी खरेल, ज्येष्ठ महिला शेयर सदस्य सम्पती राजवंशी, उत्कृष्ट बाल बचतकर्ता आयुष शिवाकोटी र उत्कृष्ट कर्मचारी दिपिका लिम्बूलाई नगदसहित सम्मान गरिएको थियो भने संस्थापक सञ्चालक सदस्य हस्तबहादुर तामाङ र गोमादेवी चुडाललाई विशेष सम्मान गरिएको थियो । सो साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने सचिव दंगालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्