झापा , असोज १७ । हिजो साँझ शिबसताक्षी ११ शिब चोकस्थित पूर्व पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

साँझ ५.२० बजे शिबसताक्षी ११ शिब चोकस्थित पूर्व पश्चिम राजमार्गमा उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेको साइकललाई सोहि दिशातर्फ जाँदै गरेको प्र १ –०१–०१२ प ७८१९ नं. को मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा साईकल चालक शिबसताक्षी ११ बस्ने ५५ वर्षिय रामचन्द्र कट्टेललाई सामान्य चोट लागेर स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको थियो । सोही मोटरसाइकलको पछाडि सवार शिवसताक्षी ७ बस्ने ३५ वर्षिय लक्ष्मी भण्डारी घाइते भई उपचारको लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएकोमा उनको आज बिहान मृत्यु भएको हो । मोटरसाइकल र मोटरसाइकल चालक शिबसताक्षी ७ बस्ने २५ वर्षिय सुवास भण्डारीलाई उपचारपश्चात ईलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्