बिर्तामोड , असोज १७ । झापाको मेचीनगर–६ काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्ना शेयर सदस्य परिवारको निधनपछि बिर्तामोडको एक परिवारलाई नगद १० हजार राहत सहयोग गरेको छ ।

एनएमसी सहकारीको बिर्तामोड–१० सैनिकबजार शाखाअन्तरगत शेयर सदस्य होमनाथ नेपालकी आमा हरिमाया नेपालको निधन भएपछि बिर्तामोड–९ कञ्चनटोलस्थित होमनाथको निवासमा पुगेर सहकारीले १० हजार रुपैयाँ प्रदान गरेको हो ।
सहकारीको सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया सुनुवार,सदस्य टिकाराम दंगाल,२नम्बर इकाई उपसमिति संयोजक रत्नबहादुर बस्नेत,कार्यालय प्रमुख सन्तोष ढुंगानालगायतको टोलीले उक्त राहत रकम हस्तान्तरण गरेको थियो।
कोरोना महामारीको संकटको विषम परिस्थितिमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै सदस्यको दुःखसुखमा साथ दिइरहेको सहकारीले जनाएको छ । संस्थामा पाँच हजार रुपैयाँभन्दा बढी शेयर मौज्दात भएका सदस्यको आमाबाबु र छोराछोरीको मृत्यु भएमा १० हजार रुपैयाँ उपलब्ध गराइने संस्थाको नयाँ नियम अनुसार उक्त रकम प्रदान गरिएको कार्यालय प्रमुख ढुंगानाले जानकारी दिए । बजारप्रतिनिधि चन्द्रबहादुर राईले सहजीकरण गरेको कार्यक्रममा इकाई सदस्य सीता राई, निशा लिम्बूलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्