बिर्तामोड , असोज १७ । झापाको बिर्तामोडमा सोमबारबाट तेस्रो वडास्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजना तथा वडा खेलकुद विकास समिति बिर्तामोड १० को सहआयोजनामा असोज १८ गतेदेखि २५ गतेसम्म वडास्तरीय फुटवल प्रतियोगिता हुने पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । बिर्तामोड –१० स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा हुने वडास्तरीय फुटवलमा बिर्तामोड नगरपालिकाकै १० वटा वडाबाट खेलाडीहरुको सहभागिता रहने नगर खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी, मेडल पाउने उनले बताए ।

प्रतियोगिताका लागि ६ लाख खर्च अनुमान गरिएको उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । प्रतियोगिताको फाइनलमा नगरपालिकाका कर्मचारी र समितिबीच मैत्रीपूर्ण खेल हुने उपाध्यक्ष भण्डारीले बताए ।नेपालीहरुको चाडपर्वको शुभकामना आदानप्रदान गर्न पनि फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष संग्रौलाले बताए । उनले फाइनल खेलका दिन नगरपालिका कर्मचारी र आयोजक समितिबीच मैत्रीपूर्ण खेल हुने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्