बिर्तामोड , असोज १७ । बिर्तामोड ५ मा कार्यालय रहेको गौरवशाली बचत ऋण सहकारी संस्थाले गौरव बिशेष महिला बचत योजना संचालन गरेको छ ।

एक लाख रुपैयाँ बचत गर्ने महिला सदस्यलाई ९ प्रतिशत ब्याजसहित प्रोत्साहनस्वरुप २५ सय रुपैयाँ दशै खर्च उपलब्ध गराउने योजना सो सहकारीले ल्याएको हो । दशैतिहार पर्वको उपलक्ष्यमा महिलाहरुलाई बचत गर्नका लागि प्रोत्साहन गर्न सो योजना ल्याइएको सहकारीका अध्यक्ष लवकुमार चौधरीले बताए । उनले यो योजना छठ पर्वसम्म रहने जानकारी दिए । त्यस बचत कार्यक्रमका लागि सहकारीको नियम अनुसार केही शर्तहरु बनाइएको छ । सोही योजनाअन्तर्गत बचत गर्ने ७ जनालाई आइतबार सहकारीले २५ सयका दरले दशैं खर्च उपलब्ध गराएको छ । यसरी प्रोत्साहन खर्च पाउनेहरुमा मीरा खड्का , शान्तकला खरेल , प्रतीक्षा राजवंशी , प्रगति राजवंशी , सुशिला राजवंशी , द्रौपती राजवंशी र अमृता चौधरी रहेका छन् । सहकारीका अध्यक्ष लवकुमार चौधरी ,संचालक समिति र लेखा समिति सदस्यहरुको उपस्थितिमा दशै खर्च वितरण गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्