झापा, असोज १८ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिसँगै सवारी भाडा नबढेको भन्दै सार्वजनिक बस व्यवसायीहरु हड्तालमा उत्रिएका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै उनीहरु हड्तालमा उत्रेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (एसएसपी) संजिव शर्मा दासले बताए । उनले भने “ भाडा बढाउनुपर्ने माग गर्दै व्यवसायीहरु हड्तालमा उत्रेका छन् ।” व्यवसायीहरुले रिङ्गरोड बाहिर सबैतिर जाम गरेका उनको भनाइ छ । अहिले चक्रपथ क्षेत्रमा सवारी जाम भएको छ ।

चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन् । तेलको मुल्य ८० रुपियाँबाट ११३ पुग्दा पनि १५ रुपैयाँ भाडा कायम रहेकाले आन्दोलन गर्नुपर्ने अवस्था आएको बस व्यवसायीहरुको भनाइ छ । बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प रहेको छ । बस ठप्प भएपछि यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्