बिर्तामोड , असोज १८ । झापामा कोरोना संक्रमणदर र मृत्युदर घट्न सकिरहेको छैन ।

मानिसहरुले कोरोना संक्रमण घटिरहेको महसुस गर्न थालेपनि झापामा कोरोना संक्रमण उस्तै रहेको छ । प्राय प्रत्येक दिन कोरोना संक्रमणबाट मानिसको मृत्यु हुने गरेको पाइएको छ । सोमबार कमल गाउँपालिका ३ का ७७ वर्षिय बृद्धको मृत्यु भएको छ । उनको आम्दा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार पनि कोरोना संक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा हल्दिबारी १ की ६५ वर्षिया महिला रहेकी छन् । मेची अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । झापामा असोज महिनाको १८ दिनभित्र कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको छ । असोज १ गते १ जना , २ गते ३ जना , ५ गते १ जना , ६ गते १ जना , ७ गते २ जना ,८ गते २ जना , ९ गते २ जना , १० गते २ जना , ११ गते १ जना , १२ गते १ जना , १४ गते २ जना , १५ गते २ जना , १६ गते ३ जना , १७ गते १ जना र १८ गते १ जना गरी २७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६१८ पुगेको छ । कोरोना संक्रमण न्यूनीकरण भएको देखिएपनि नियन्त्रणमा आइसकेको छैन । झापामा अझै ९१४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । सोमबार बिर्तामोडका १७ सहित ८८ जनालाई संक्रमण पुष्टि भएको छ । झापामा कोरोना संक्रमितको सँख्या ३१ हजार १६८ पुगेको छ । त्यसमध्ये २३ हजार ६१७ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्