बिर्तामोड , असोज १९ । बिर्तामोड वडास्तरीय फुटबल प्रतियोगिताअन्तरगत मंगलबार भएको खेलमा वडा नम्बर ४ बिजयी भएको छ ।

यो जितसँगै वडा नं ४ क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबारबाट शुरु भएको वडास्तरीय फुटबल प्रतियोगिताको मंगलबारको खेलमा वडा नं १ विरुद्ध पाँच शुन्यको गोल अन्तरले हराउँदै वडा नम्बर ४ बिजयी भएको हो । खेलको म्यान अफ द म्याच योगेश गुरुङ घोषित भए । नगर खेलकुद समितिका अध्यक्ष टीका संग्रौलाको अध्यक्षतामा भएको खेलमा वडा नम्बरका वडाध्यक्ष अग्नि पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । बुधबारको पहिलो खेल वडा नम्बर ७ र ३ बीच हुनेछ भने दोश्रो खेल वडा नम्बर १० र ५ का बीच हुने उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए ।