बिर्तामोड, असोज २१ । शब्दपत्र प्रकाशन प्रालिद्वारा प्रकाशन तथा प्रशारण हुँदै आएको शब्दपत्र डटकम अनलाइन पत्रिका औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

प्रालिले घटस्थापनाको अवसर पारेर बिहिवार दुर्गा पाञ्चायन मन्दिरमा एक कार्यक्रमका बीच औपचारिक उद्घाटन गरेको हो । प्रालिको उद्घाटन नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका हुन् । दुई महिना अघिदेखि सञ्चालनमा आएको शब्दपत्रको आज औपचारिक उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले शब्दपत्र अनलाइनले मालिकहरुको नभएर जनताको शब्द बोल्नु पर्नेमा जोड दिए ।
बिर्तामोडमा प्रधान कार्यालय रहेको शब्दपत्रले सबै प्रकारका समाचारलाई प्रकाशन प्रसारण गर्दै आएको छ भने स्थानीय समाचारलाई प्राथमिकतामा राखेको छ । शब्दपत्र प्रालिको सञ्चालकमा वालकृष्ण गिरी, पार्वत गिरी, तारा दुलाल, शर्मिला पुरी, इशा पुरी, उद्धव पुरीलगायत रहेका छन् । उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला नेता वासु दुलाल, नेपाल पत्रकार महासंघ प्रदेश सदस्य लीलाराज झापाली, सहारा नेपाल साकोस लक्ष्मीपुर सेवाकेन्द्रका प्रमुख उमेश भारतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्