बिर्तामोड , असोज २२ । बिर्तामोड वडास्तरीय फुटबल प्रतियोगितामा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई पराजित गरेको छ ।

हिजो सम्पन्न खेलमा एकका विरुद्ध ३ गोलले पराजित गर्दै वडा नं ६ ले जित हासिल गरेको हो । वडा नम्बर १० स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलमा वडा नम्बर ६ का राजा कार्की र रोशन गुरुङले १÷१ गोल गरेका थिए भने ९ नम्बरले आत्मघाती गोल गरेसंगै वडा नं ६ बुट्टावारी सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै वडा नम्बर ९ का तर्फबाट दिलबहादुर सार्कीले १ गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच रोशन गुरुङ घोषित भए ।

यस्तै अर्को खेलमा वडा नम्बर ४ ले २ लाई १ का विरुद्ध ८ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।वडा नम्बर ४ लाई बिजयी गराउन हिसुब थपलिया, नरेन्द्रमणि लिम्बुले १÷१, रमेश गुरुङले २ र योगेश गुरुङले ४ गोल गरेका थिए । नगर खेलकुद विकास समिति अध्यक्ष टीका संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ, २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले शुभकामना मन्तब्य राखेका थिए । सो खेलको म्यान अफ द म्याच योगेश गुरुङ घोषित भए । कार्यक्रमको संचालन समितिका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए । शुक्रबारको खेल वडा नम्बर ६ र ७ बीच हुने समितिका बद्री प्याकुरेलले जानकारी दिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्