बिर्तामोड , असोज २२ । झापाको अर्जुनधारामा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दिउँसो ४ बजे अर्जुनधारा –२ भेलेनी चौक छेउस्थित भित्री सडकखण्डमा खुदुनाबारीबाट शनिश्चरेतर्फ आउँदै गरेको मे. ४ प. २८१५ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा ६ बस्ने ३० वर्षिय निरज तामाङको घटनास्थलमै मृत्यु भएको हो । तत्काल नाम थर वतन नखुलेको अबस्थामा मृतकको साथबाट फेला परेको नागरिकता प्रमाणपत्रबाट उनको पहिचान खुलेको थियो । आफन्तको खोजी भइरहेको र पोष्टमार्टमका लागि शवलाई मेची अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्