बिर्तामोड, असोज २२ । नेपाली काँग्रे्रेसका केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सहमतीय प्रणालीको राजनीति मुलुकको आवश्यकता भएको बताएका छन् ।

नेपाली काँग्रेस बिर्तामोड नगरपालिका वडा नम्बर – २ को आयोजनामा बिर्तामोडमा भएको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा प्रमुख अतिथिको मन्तब्य राख्दै उनले १४ औ महाधिवेशनमा देउमान थेबेलाई जिल्ला सभापति बनाउने भद्र सहमति १३ औ महाधिवेशनमा भएको खुलासा गरे । सभापतिका दाबेदार उद्धब थापा र देउमान थेबेबीच सहमति कायम गरेर निर्बिरोध नेतृत्व चयन गर्न १४ औं महाधिवेशनमा थेबेलाई सभापति बनाउने सहमति भएको र सहमतिको कागजमा थेबेका तर्फबाट बिश्वप्रकाश शर्मा, केशबकुमार बुढाथोकी, नरेन्द्र बिक्रम नेम्बाङ, गोपाल बुढाथोकी र उद्धब थापाका तर्फबाट आफू र डिल्लीप्रसाद सिटौलाले लिखित हस्ताक्षर गरेको उनको दाबी छ ।
कार्यक्रमका विशेष अतिथि नेपाली काँग्रेस झापाका सभापति उद्धब थापाले एकता, मिलमिलाप र सहकार्यबाट मात्र पार्टी संगठन बलियो हुने बताए । एमालेको अत्याचारका बिरुद्ध काँग्रेस कार्यकर्ता एकजुट भएर लड्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
२ नम्बर वडा सभापति देबी खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोपालकुमार बस्नेत, १४ औ महाधिवेशनमा सभापतिका उम्मेदवार देउमान थेबे, जिल्ला सदस्य पार्बता गिरी,२ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रममा बद्री भट्टराईले स्वागत र चित्रकला ओलीले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्