बिर्तामोड , असोज २४ ।झापा बिर्तामोडका ५० भन्दा बढी युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिर्तामोड नगर समितिको कार्यालयमा हिजो आयोजित एक कार्यक्रमका बीच ५३ जना बिर्तामोडका युवाहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा सभापति सिटौला, उपसभापति राजकुमार राजबंशीलगायतले सदस्यता प्रदान गर्नुका साथै अविर लगाएर नवप्रवेशीलाई स्वागत गरेका थिए।
राष्ट्रको लागि नेपाली कांग्रेसको नीति तथा सिद्धान्त नै सर्वोत्तम हितकारी र युवाहरुको भविष्य सुनिश्चत गर्नसक्ने देखिएको भन्दै उनीहरुले काँग्रेसमा प्रवेश गरेको जनाएका छन्।
कार्यक्रममा नगर सदस्य रामेश्वर मण्डललगायतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा नगरका विभिन्न पदाधिकारी तथा स्थानीय नेताहरुको सहभागिता रहेको थियो। प्रकाश न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेम उप्रेतीले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्