मेचीनगर , असोज २४ । धुलाबारी जुनियर जेसीजले संसदीय प्रणाली बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य साथै धुलाबारी जेसीजका पूर्व अध्यक्ष जेसी कृष्ण कनालज्यूको उपस्थिति रहेको थियो , कार्यक्रमको अध्यक्षता धुलाबारी जुनियर जेसीज वर्ष २०२१का अध्यक्ष जुनियर जेसी शैलेस गौतमले गरेका थिए भने कार्यक्रमको संचालकको रूपमा जुनियर जेसी सचेत घिमिरे रहेका थिए । कार्यक्रमको प्रशिक्षकको रूपमाMaster TOT Graduate trainer साथै पूर्व राष्ट्रिय जुनियर जेसीज संयोजक बादल दाहाल रहेका थिए । कार्यक्रममा धुलाबारी जुनियर जेसीजको बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्