बिर्तामोड , असोज २४ । मगमग एभरेष्ट क्विज सिजन २ को उपाधि न्युटन्स एजुकेशन एकाडेमीले जितेको छ ।

आइतबार बिर्तामोडमा भएको ग्राण्ड फिनालेमा न्युटन्स्ले उपाधिसँगै २५ हजार नगद, मेडल र ट्रफी हात पारेको हो । प्रतियोगिताको फस्ट रनरअप ग्लोबल एजुकेशनल एकाडेमी दमक र सेकेण्ड रनरअप मोडल कलेज दमक बन्न सफल भएका छन् । फस्ट र सेकेण्ड रनरअपले नगदसहित मेडल ट्रफी हात पारेका छन् ।
ड्रिम्स वर्ल्ड इन्टरटेन्टमेन्ट प्रालिको आयोजना, मनमग तयारी चाउचाउको मुख्य प्रायोजन रहेको प्रतियोगितामा प्रदेश १ का १ सय ४ बिद्यालय तथा कलेजहरुको सहभागिता थियो । ड्रिम्स वर्ल्डले प्रत्येक बर्ष हाजिरीजवाफ कार्यक्रम सञ्चालन गरी आफ्नो एभरेष्ट टेलिभिजन एचडीमार्फत प्रशारण गर्दै आएको छ । कार्यक्रममा बिजेता तथा उपबिजेताहरुलाई कार्यकारी निर्देशक सरोज खरेल तथा प्रोजेक्ट हेड रोहित दाहालले पुरस्कार बितरण गरेका थिए । प्रतियोगिताको क्विज मास्टरको रुपमा प्रणित पुडासैनी रहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्