बिर्तामोड , असोज २५। झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको छ ।

मानन्धर चोकमा बंगुरको मासु विक्री गर्दै आएका अर्जुनधारा –६ का अन्दाजी ५० वर्षीय इन्द्रकुमार मगरको आइतवार साँझ हत्या भएको हो । उनी आफ्नै पसलमा मृत फेला परेका थिए । उनको गर्दनमा पछाडिबाट हतियार प्रहार गरिएको र हत्यारालाई अहिलेसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताए । पोष्टपार्टमका लागि शव पठाइएको डिएसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्