बिर्तामोड , असोज २५ । राजवंशी विकास प्रतिष्ठानले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

बडादशै , शुभदीपावली , छठलगायतका पर्वको अवसर पारेर प्रतिष्ठानले बिर्तामोडमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बिर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौला, ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ,कार्यपालिका सदस्य द्रौपती गणेश , वडा नं १० का वडा सदस्य भक्तसिंह राजवंशी , राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस बिर्तामोडका नगर उपसभापति राजकुमार राजवंशी ,शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत ,नेपाल आदिबासी जनजाति महासँघका नगर उपाध्यक्ष छत्रबहादुर श्रेष्ठ , राजवंशी महिला समाजकी अध्यक्ष सनम राजवंशी, राजवंशी विकास समितिका नगर सचिव बालकृष्ण राजवंशीलगायतको उपस्थिति रहेको थियो । प्रतिष्ठानकी उपाध्यक्ष रुपा राजवंशीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव इन्द्रसिंह राजवंशीले गरेका थिए । गत चैत ३१ गते जिल्ला प्रशासन कार्यालय झापामा आधिकारिक रुपमा दर्ता भएको सो संस्थाले निरन्तर विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको उपाध्यक्ष रुपा राजवंशीले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्