झापा , असोज २७ । सेफ्टी ट्यांकीको गाडीले ठक्कर दिँदा भद्रपुरमा एक साइकल यात्रीको मृत्यु भएको छ ।
आज बिहान १०.५५ बजे भद्रपुर नगरपालिका ४ रंगेडाँडामा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १६६३ नं. को सेफ्टी ट्यांकीको गाडीले बिपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिई दुर्घटना हुँदा साईकल यात्री भद्रपुर ६ बस्ने ६० वर्षिय महेशसिंह राजवंशी घाईते भएका थिए । उनलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर लगिएकोमा अस्पताल पुर्याउन साथ बिहान ११.३० बजे अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनापछि सेफ्टी ट्यांकी गाडीका चालक भद्रपुर १० बस्ने २१ वर्षिय आमसमणी टुडु, गाडी र साईकल वडा प्रहरी कार्यालय भद्रपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।