झापा , असोज २८ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आरधना गरी मनाइँदैछ ।

नवरात्रको अन्तिम दिन आज पनि दुर्गा पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँघर र कोत लगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा हुन्छ ।

यसक्रममा पूर्वकै प्रसिद्ध शक्तिपीठ गरामनीको दुर्गा मन्दिरमा बिहानैदेखि भक्तालुको घुइचो लागेको छ । कोरोना संक्रमणका कारण दुई वर्षपछि भक्तालुहरुले दर्शन गर्न पाएका हुन् । बिहान ३ बजेदेखि भक्तालुहरुका लागि मन्दिर खुल्ला गरिएको मूल अर्थक मोहन घिमिरेले बताए ।

उनले दुई वर्षसम्म दर्शन गर्न नपाएका कारण यस वर्ष भक्तालुहरुको संख्या अत्यधिक रहेको जानकारी दिए । त्यस्तै यस वर्ष बली दिनेको संख्या पनि बढेको छ । करीब सय वर्षभन्दा लामो धार्मिक , ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको गरामनीको नवदुर्गा भवानीको शक्तिपीठमा विगतमा निकै बली चढाइने गरिन्थ्यो ।त्यस्तै बिर्ताबजारमा रहेको नवदुर्गा भवानीको मन्दिरका पनि भक्तालुहरुको घुइचो लागेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्