एजेन्सी । बंगलादेशमा एक फेसबुक पोस्टका कारण भड्किएको हिंसाका क्रममा केही दुर्गा पूजा पन्डालमा तोडफोड भएको छ ।

कम्तीमा १५० अल्पसंख्यक हिन्दु परिवारमाथि हमला भएको छ । अधिकारीहरुले तीनजनाको मृत्यु भएको पुष्टि गरेका छन् ।
बंगलादेशको कोमिल्ला जिल्लामा एक पूजा पन्डालमा कÞुरानलाई कथित अपमान गरेको अफवाहपछि हिंसा भड्किएको हो । त्यसपछि ठूलो सँख्यामा सुरक्षाबल तैनाथ गरिएको छ । प्रहरीका अनुसार हिंसामा तीनजनाको ज्यान गएको छ भने दुईजना गंभीर घाइते भएका छन् ।
प्रहरीले हिन्दु मन्दिर, घर र पसलमा तोडफोड गर्ने १० जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्